२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा अवस्थित कोल्हुवा खानेपानीको कम्पाउण्ड सहित भवनको शिलन्यास

२०७७ चैत्र ३०, सोमबार प्रकाशित ( साल अघि) १८५९ पाठक संख्या

मध्यबिन्दु , ३० चैत । नवलपरासी पुर्ब मध्यविन्दुमा अवस्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ल्याप गार्ड कार्यलय भवन कम्पाउण्ड  निर्माणकार्यको आज शिलान्यास गरिएको छ।

नगर प्रमुख चन्द्र बहादुर रानाद्वारा सो भवन निर्माणको शिलान्यास गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थीत नगर प्रमुख रानाले आगमी आर्थीक वर्षमा सबै नगरबासिहरुले स्वास्थ पिउने पानी उपभोगका लागी आफुले सक्दो  प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

त्यस्तै उहाँले मध्यबिन्दु स्थम्व तथा बनबाटीकालाई शास्त्ध धाम जस्तै विकास गर्ने योजनालाई समेत अघि सारेको बताउनु भयो।

संस्थाका अध्यक्ष श्रीधर शर्माले कार्यलयको योजना बारे प्रष्ट पार्दे बैशाख १० गते भित्र कार्यलय सर्ने तयारी रहेको जानकारी गराउनु भयो।

वडा नम्वर १, २ र ३ मा गरेर हाल आठ सय १६ वटा धारा संञ्चालन रहेको र २०७८ असार सम्म एक हजार दुई सय , मंसिर सम्ममा एक हजार सात सय उपभोक्ता संख्या पु¥याउने योजना अनुसार काम भईरहेको अध्यक्ष शर्माले जानकारी गराउनु भयो।

करिब एक करोड लागतमा निर्माण हुने ल्याप गार्ड कार्यलय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ अन्तर्गत इकाई  कार्यालय नवलपुरबाट ८८ लाख ९७ हजार ९२८ रुपैया सहयोग भएको शर्माले बताउनु भयो।

त्यस्तै कार्यक्रमको विशेष अतिथि मध्यविन्दु नगरपालिका उप प्रमुख ओम कुमारी महतोले कोल्हुवामा पनिको समस्या बारे चित्रण गदै अव विपन्न तथा गरिव परिवारका लागि पनि निशुल्क धारा जडान गर्ने कार्यक्रम अघि ल्याउदै अगाडि बढ्ने बताउनु भयो।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ अन्तर्गत इकाई  कार्यालय नवलपुरका प्रमुख इञ्जिनियर महेन्द्र आचार्यले एक घर एक धारा भन्दै प्रदेश सरकारको प्राथमिकता खानेपानी रहेको बताउनुभयो। त्यस्तै वडा नम्वर २ का वडा अध्यक्ष नारायण पौडेलले विपन्न परिवारलाई निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउन आवश्यक रहेको भन्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने र गर्दै आएको स्मरण गराउनु भयो।

कार्यक्रममा लेखा संयोजक नेत्र भण्डारी, सल्लाहाकार बद्रीनाथ नेपाल र प्रेम केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाको लेखा समिति सदस्य देवी घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सह- सचिव सुबाश नेपालले गर्नु भयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%

प्रतिक्रिया दिनुहोस