२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यान्न वितरण

२०७८ जेष्ठ २९, शनिबार प्रकाशित ( साल अघि) २४६७ पाठक संख्या

कोल्हुवा । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी निषेधाज्ञाका कारण मध्यबिन्दुमा अपाङ्ग तथा विपन्न परिवारलाई छाक टार्न मुस्किल भएपछी असल छिमेकि नेपालको सहयोगमा खाद्यान्न वितरण गर्ने कार्य सुरु गरेको छ ।

नवलपुरको मध्यविन्दु नगरपालीकामा १ सय अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यान्न सामान वितरण गरिएको हो ।

नगरका विभिन्न वडाहरु मध्य वडा नम्बर २, ५ र ९ बाट गरेर १ सय अपाङ्ग तथा विपन्न परिवारलाई खाघान्न सामान वितरण गरेको सामाजीक परिचालक दिपा महतोले बताउनुभयो ।

Received_338950454465732

उहाँका अनुसार मध्यबिन्दु – २ का ४० परिवार , मध्यबिन्दु- ५ का ५० परिवार र मध्यबिन्दु- ९ का १० परिवार गरेर १ सय परिवारलाई खाघान्न सामान वितरण गरिएको छ ।

कोभिड १९को महामारीले निम्त्याएको संकटका बेला असल छिमेकि नेपालको सहयोगमा १ सय परिवारलाई प्रति परिवार ३० केजी चामल, दाल, तेल, नुन लगायतका दैनिक उपभोग्य खाघान्न सामग्री प्रदान गरिएको हो ।

वडामा अपाङ्ग तथा विपन्न परिवारलाई वडा अध्यक्ष नारायण पौडेलले आफ्नो पहलमा शुक्रबार मध्यबिन्दु-२ कोल्हुवा स्थित दैनिक छाक टार्न समस्या परेका अपाङ्ग तथा विपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको छ ।

Received_154047726779160

असल छिमेकि नेपालको सहयाेगी भावनाकाे प्रशंसा गर्दै वडाध्यक्ष पौडेलले भन्नुभो” अब फेरी केही दिनपछी अर्को संस्था नागरिक अवार्ड मार्फत छिट्टैनै खाद्यान्न सामग्री वितरण गर्नेछौं । कोभिड महामारीको घडीमा यस प्रकारको सहयोग अति आवश्यक रहेको उहाँले बतानुभयो ।

दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारले खाद्यान्न सामग्री पाएपछि उनीहरु उत्साहित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस