२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुका कोरोना संक्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा

२०७८ बैशाख २२, बुधबार प्रकाशित ( साल अघि) २१३४ पाठक संख्या

कावासोती । नवलपुरमा बढ्दै गएको कोरोना संक्रमितहरुको उपचारमा सहज होस् भनेर मध्यबिन्दु नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपल्बध गराएको छ।

मध्यबिन्दु नगरपालिकाले बुधबार देखि नगरका संक्रमितहरुको लागि निःशुल्क दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।

नगर भित्रका कोरोना संक्रमितको शिघ्र उपचारका लागि जति जति सक्दो चाडो अस्पताल पुर्याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको छ ।

नगरप्रमुख चन्द्र बहादुर रानाका अनुसार नगर भित्र दुई वटा एम्बुलेन्स २४सै घण्टा कोरोना संक्रमितको सेवाका लागि तयारी अवस्थामा रहेको र एम्बुलेन्सले निशुल्क सेवा दिनेछ्न् आवश्यक परेको खण्डमा हामीहरुले प्रयोग गर्दै आएको सवारी साधन समेत प्रयोग गर्नेछौं , उहाँको भनाई छ ।

कोरोना संक्रमित विरामीलाई बोक्न आनाकानी बढेपछि मध्यबिन्दु नगरपालिकाले ‘कोरोना विशेष एम्बुलेन्स’ तयार पारी सञ्चालनमा ल्याउन लागेको नगर उप प्रमुख ओमकुमारी महतोले बताउनुभयो ।

एम्बुलेन्समा अन्य सामान्य एम्बुलेन्समा जस्तै अक्सिजन लगायतका आधारभूत सामाग्री राखिनुका साथै कोरोना संक्रमण पुष्टि भएको व्यक्ति राखे पनि चालक लगायत अरुलाई संक्रमण नसर्ने गरी एम्बुलेन्सलाई अत्याधुनिक बनाइएको उप प्रमुख महतोले जानकारी दिनुभयो।

उहाँका अनुसार नगरपालिकाले तोकेको “कोरोना विशेष एम्बुलेन्समा” कोरोना संक्रमितलाई निशुल्क सेवा दिनुको साथै एम्बुलेन्स चालकलाई भत्ता स्वरूप हरेक पल्ट भरतपुर जाँदा एक हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने भएको छ।

एम्बुलेन्स आवश्यक परेको खण्डमा संक्रमितहरुले सिधै स्वास्थ्य शाखामा वा वडा अध्यक्ष सहितका जन प्रतिनिधिलाई खबर गर्न सक्ने छन् । साथै तल दिएका निम्न नम्बरमा खबर गर्नु होस् ।
( हेर्नुहोस नम्बर सहित )
माधाब पोखरेल :- स्वास्थ्य शाखा ( ९८४७०८८७७४ )
सुमन ढकाल :- कोभिट विशेष चिकित्सक ( ९८४९२७१२७३)
नगर प्रमुख / उप प्रमुख सचीवालय :- ९८५७०८७१४०/९८४७०४१६८५

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२६%७%२%

प्रतिक्रिया दिनुहोस