२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

भ्रष्टाचार विरुद्ध युवाहरुको भण्डाफोर अभियान

२०७८ भाद्र २५, शुक्रबार प्रकाशित ( साल अघि) ८५३ पाठक संख्या

काठमाण्डौ । पर्सा स्थित पकाहाँ मैनपुर गाउँपालिकामा व्यापक मात्रामा भ्रष्टाचार भएको भन्दै युवा सञ्जालले भ्रष्टाचार विरुद्ध अभियान चलाएको छ ।

चरणवद्ध रुपमा गाउँपालिका विरुद्धको अभियान चलाइरहेका युवाहरुले पकाहाँमैनपुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले विकासको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका छन।

Received_353122589827791

भ्रष्टाचार भण्डाफोर अभियान अन्तर्गत विहिवार भएको एक कार्यक्रममा नेकपा एमाले गाउँपालिका अध्यक्ष अकलेश शाहले , गाउँपालिकाबाट १० प्रतिशत विकासको कार्य पनि नभएको साथै गाउँपालिकाबाट निर्मित भौतिक भवनहरुमा कमसल सामानको प्रयोग भएको र प्रयोगमा नआउँदै चुइरहेको ै बताउनु भयो ।

त्यसैगरी गाउँपालिकालाइ प्रविधिमा लैजाने भन्दै गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले ३५ लाख रकम निकासा गरेको तर अहिलेसँम नेट जडान नभएको पकाहामैनपुर गाउँपालिका वार्ड ४ का सदस्य अनिल शाले आरोप लगाउनु भएको थियो । यसैगरी चौरसियाले  गाउँपालिकाको वार्ड २ मा स्थित एक पोखरीबाट ८ लाख बराबरको माछा मारी रकम हिनामिना गरेको समेत युवाहरुले आरोप लगाएका छन् ।

उक्त भण्डाफोर अभियान अन्तर्गत उत्रिएका युवाहरुले गाउँपालिका अध्यक्ष चौरसियालाइ जेलमा पठाएपछि मात्र आन्दोलन स्थगित गर्ने बताएका छन । युवा सञ्जालको भ्रष्टाचार विरुद्धको अभियानमा पकाहाँमैनपुर गाउँपालिकाले केहि प्रतिकृया दिएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस