२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

भूकम्प पश्चात हिम्मत र आत्मविश्वास झनै बढेको महसुस

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) १९९२ पाठक संख्या

काठमाण्डौ, १२ बैशाख । भूकम्पको छैठों वर्षलाइ सम्झिदै प्रभावितहरुले भूकम्पले आफुलाइ नयाँ जीवन दिएको बताएका छन।

आइतबार वी नेपालले आयोजना गरेको ‘दोस्रो जीवनको छैठों वर्ष ’ विषय साक्षात्कार कार्यक्रममा बोल्दै प्रभावितहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा दानी थापाले, ‘भूकम्पमा एक खुटटा गुमाए तर वी नेपालले हिडन सिकायो ’ बताउनु भयो । त्यसैगरी उमा थापाले,‘ भूकम्प साच्चै नै डरलाग्दो थियो , ‘त्यसले चारै तिर प्रभाव पार्यो हाम्रो पनि खुट्टा लियो तर आत्म विश्वास र हिम्मत लिन सकेन ’ बताउनु भयो ।

कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी सरु जोशिले वी नेपालले भूकम्प पछि अंग गुमाएकाहरुलाइ दिएको संरक्षण र हौसलाको प्रशंसा गर्नु भएको थियो । साथै जोशिले आफ्नो तर्फबाट वी नेपालमा जोडिएका महिला तथा बालबालिकाहरुको विषयलाइ सम्बन्धित निकायसम्म पुराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी वी नेपालकी सस्थापक सबु पौडेलले, भूकम्प पश्चात अंग गुमे पनि आत्म विश्वास कसैको पनि नगुमेको बताउनु भयो । साथै वी नेपाल खोल्ने प्रेरणा पनि यहि महिला दिदी बहिनीहरु बाट पाएको बताउनु भयो ।
कार्यक्रममा २०७२ सालको भूकम्पमा धरहराबाट खसेर ज्यान बाच्न सफल भएकि ८ वर्षिया बालिका दिपशिखाको हातबाट केक काटिएको थियो भने सामाजिक अभिन्ता महेश लामिछानेले स्कुलमा पढने बालबालिकाहरुको लागि आवश्यक कपि कलम वितरण गर्नु भएको थियो । भूकम्प प्रभावित सबैले आफुहरुले नयाँ जीवन पाएको मा एक अर्कालाइ शुभ कामना पनि दिएका थिए ।

उक्त कार्यक्रममा प्रिया विश्वकर्मा , महेश लामिछाने , सुनिल पोख्रेल लगायतले मन्त्वय राख्नु भएको थियो । यसैगरी कार्यक्रमलाइ फरक क्षमता भएका व्यक्तिहरुको पक्षमा वकालत गर्दै आउनु भएकि समाजिक अभियन्ता देबु पराजुलीले सहजिकरण गर्नु भएको थियो।
वी नेपाल २०७३ सालमा स्थापना भएको समाजिक सस्था हो । सस्थाले भूकम्प पश्चात अंग गुमाएकाहरुको उद्दार तथा जीविको पार्जनको लागि विभिन्न सीप मुलक कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस