२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

भारतीय फुटबलमाथि फिफाको प्रतिबन्ध

२०७९ श्रावण ३१, मंगलबार प्रकाशित ( साल अघि) १०७४ पाठक संख्या

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ ।

भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो । भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस