२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

भरतपुरमा मदिरा सेवन गरेका व्यक्तिलाई थप्पड हान्दा लडेर मृत्यु

२०७८ आश्विन २८, बिहिबार प्रकाशित ( साल अघि) ७०४४ पाठक संख्या

चितवन । भरतपुरमा मदिरा सेवन गरेका व्यक्तिलाई थप्पड हान्दा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ४ रामघाटका भीमबहादुर विक रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रामघाट स्थित दुर्गाचोकमा मदिरा सेवन गरेका विकलाई सोही ठाउंँका दिलिप श्रेष्ठले सामान्य विवादमा थप्पड हान्दा उनी भुईंमा लडेका थिए ।

‘मदिरा सेवन गरेका विक मदिरा सेवन गरेको देखिन्छ , कार्यालयका प्रहरी उपरीक्षक नरहरी अधिकारीले भने, श्रेष्ठले थप्पड हान्दा उनी भुईमा लडेछन । टाउकोमा चोट लाग्यो ।’

स्थानीयले उपचारका लागि चितवन मेडिकल कलेज ल्याउंँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%१%२०%२%३३%१७%

प्रतिक्रिया दिनुहोस