२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

ब्रहम बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ५८४ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दु – ३ लेडा स्थित ब्रहम बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार वित्तिय साक्षरता एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष काशिराम पाठकको अध्यक्षतामा फुलबारी सामूदायिक पूस्ताकालय तथा स्रोत केन्द्रको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

IMG 20230324 WA0077

कार्यक्रममा बोल्दै पाठकले आफ्नो आम्दानी अनुसार खर्च गर्नु पर्ने र भावि पुस्ताका लागि भएनी बचत गर्ने बानिको बिकास गर्न अग्रह गर्नुभयो । आफुले गर्ने अनावश्यक खर्चहरु कम गरि अहिले बचत गरे पछि आफुलाई आवश्यक परेको बेलामा सहज हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्ला बचत तथा ऋिण सहकारि संघका उपाध्यक्ष बद्रिनाथ नेपाल बिशेष अतिथी रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै सहकारी वित्तिय साक्षरताले बचत गर्ने बानिको विकासमा सहयोग पुराउने बताउनुभयो ।

IMG 20230324 WA0081

कार्यक्रममा उपस्थीत सबैलाई खर्च व्यवस्थान गदै आफु संग जे जति छ त्यसको केहिभाग बचत गने आग्रह गदै  ऋण खोजेर गरेको बचतको कुनै औचित्य नरहने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा मुकुन्द प्रसाद पौडेले गर्नुभएको थियो  । उक्त कार्यक्रममा प्रोजेक्टरद्धारा वित्तिय साक्षरता यसको महत्व र आवश्यकताको विषयमा अन्र्तकृया समेत गरिएको थियोे । कार्यक्रममा करिव १ सय २५ जनाको उपस्थीतिमा सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस