२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बौंदीकालीलाई चीनबाट कोरोना रोकथाम स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) १८९८ पाठक संख्या

कावासोती । चिनियाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनले कोभिड १९ रोकथामका लागि नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बौंदीकाली गाउँपालिकालाई अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

चीनबाट आइतबार प्राप्त सहयोगमा अक्सिजन सिलिन्डर, पिपिइ, मास्क, फेससिल सहितकाकरिब दुई लाख असी हजार रुपैयाँ बराबरको सामाग्री भएको बौंदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले बताउनुभयो ।

हस्तान्तरण समारोहमागाउँपालिका अध्यक्ष रानाले अक्सिजिन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री खरिद गर्नप्रयास गर्दा पनि सफल नभएका बेला चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनले सहयोगगरेकामा धन्यवाद दिनुभयो ।

चाइना फाउन्डेशन फर पोभर्टीएलिभेसनका प्रतिनिधि विनोद ओझाले नेपाललाई अप्ठेरो परेका बेला चिनियाँ नागरिक रसरकारका तर्फबाट देशका विभिन्न भागमा आफ्नो संस्था मार्फत स्वास्थ्य सामाग्रीवितरण भइरहेको जानकारी दिनुभयो ।

गाउँ पालिकालाई प्राप्तसहयोग अध्यक्ष रानाले रकुवा प्राथिमक स्वास्थ्य केन्द्रलाई प्रदान गर्नुभयो।स्वास्थ्य केन्द्रले अक्सिजन सुविधासहितको कोभिड १९ आइसोलेसन सेन्टर संचालन गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस