२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

बुधवार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि , ६४ जना डिस्चार्ज

२०७७ श्रावण २८, बुधबार प्रकाशित ( साल अघि) ९८८ पाठक संख्या

काठमाडौँ, २८ साउन

नेपालमा थप ४८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा
१० हजार ४ सय ८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ८१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ५८  रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

थप ६४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ६४ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ७ सय २८ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु , सङ्खुवासभा, हुम्ला , मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस