२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु

२०७७ भाद्र ११, बिहिबार प्रकाशित ( साल अघि) ९९९ पाठक संख्या

बुटवल, भदौ ११ : कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक पुरूषको मृत्यु भएको छ। कपिलवस्तुका ५० वर्षीय पुरूषको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृतक कपिलवस्तु नगरपालिका १ का हुन् । उनको बुधबार राती मृत्यु भएको हो।

स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो।कोरोना संक्रमण पुष्टि भएपछि पाँचदिन अघि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह जस्ता समस्या थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस