२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

बुटवलमा लकडाउन, अत्यावश्यक बाहेक सबै सेवा ठप्प

२०७७ श्रावण २९, बिहिबार प्रकाशित ( साल अघि) १०३८ पाठक संख्या
बुटवल, २९ साउन । कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा बिहीबारदेखि लकडाउन हुने भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रकोप व्यवस्थापन समिति बुटवलको बुधबार बसेको आकस्मिक बैठकले बिहीबार रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरप्रमुख शिवराज सुवेदीले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको परामर्श र सहकार्यसँगै यस्तो निर्णय गरिएको बताउनुभयो । उहाँले आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बताउनुभयो ।

लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन् । लकडाउन खुलेपछि बुटवलमा अत्यधिक भीडभाड, सार्वजनिक जमघट बढेको समाचार आजको गोरखापत्रले छापेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस