२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

बुटवलमा निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई कैद सजाए

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) १६५९ पाठक संख्या

बुटवल : रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्नेमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने ८ जनालाई कारबाही गरिएको छ ।

जिप्रकाका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार ८ जनालाई सम्झाई बुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएको थियो ।

उनीहरूमध्य ७ जना पुरुषहरूलाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही रु ९ हजार १ सय र १ जना महिलालाई जरिवाना बापत रु ६ सय जरिवाना तोकिएको थियो । ती मध्ये ५ जनाहरूलाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएका छन् । एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप को रकम तिर्न नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा गर्ने एक हजार २० वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लियएका सवारी साधन मध्ये धेरै मोटरसाइकल रहेका छन ।

७ सय १० मोटरसाइकल, सार्वजनिक सवारी साधन ५०, नीजि सवारी साधन १०, मालवाहक सवारी साधन १ सय ८० र साइकल ७० वटा रहेका छन । त्यस्तै २ सय जना पैदलयात्रीलाई समेत होल्ड गरी सम्झाई बुझाइ छाडिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%१%

प्रतिक्रिया दिनुहोस