२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

२०७७ फागुन २२, शनिबार प्रकाशित ( साल अघि) २६५१ पाठक संख्या

शर्मिला राई, धनकुटा । धनकुटा जिल्लाको पाख्रीवासस्थित संसारीमाई सिमसार क्षेत्रमा भिडियो छायाङ्कन गरिएको “चट्ट कपाल कोरेर” बोलको गीत सार्वजनिक गरिएको छ ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा समेत टेवा पुर्याउने लक्षका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासको दृष्य भिडियोमा समावेश गरिएको यो गीत धनकुटा खवरको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीत रिङब्याक टोन (CRBT & PRBT) पनि एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । जसका लागि कोड नं:

१) चट्ट कपाल कोरेर – NTC (Crbt)-0831646 । Ncell (Prbt)-4421 । Smart Tel-10120995
२) दुबै मिली – NTC (Crbt)-0831647 । Ncell (Prbt)-4425 । Smart Tel-10120996
३) सुख दुःख जे भएनी – NTC (Crbt)-0831648 । Ncell (Prbt)-4429 । Smart Tel-10120997

यस्तै गीतमा कम्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रतिक्रिया दिने पाँच (५) जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए ।

जसका लागिः यस गीतमा दुई हप्ताको समयावधिमा आएका वा गरिएका कमेन्ट (सल्लाह, सुझाब, प्रतिक्रिया) मध्ये जस्को कमेन्टमा वढि लाईक आउछ उस्लाई रु १-१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । यदि समान लाईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा परेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । विजेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं (नागरिकताको फोटोकपी) पठाउनु पर्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस