२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

बाल श्रम ,बसाई  सराइ र बेचविखन बारे राष्ट्रिय संवाद सम्पन्न 

२०७९ जेष्ठ ३१, मंगलबार प्रकाशित ( साल अघि) ९३७ पाठक संख्या
काठमाडौं । बाल श्रम विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाई सराई र बेचविखनका बारेमा राष्ट्रिय संवाद सम्पन्न गरेको छ ।
काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डा। दीपक काफ्लेले बाल श्रम निवारणको निम्ति राष्ट्रिय गुरु योजना को प्रभावकारी कार्यान्वयन र सामाजिक सस्थाहरूले यसै गरि अन्र्तसंबाद लगायतका कृयाकलाप गरि विषय उठान गरिरहनु पर्ने बताउँदै, आवश्यकताको आधारमा कानुनको संसोधन गर्नु पर्ने, कानुनको प्रभाबकारि कार्यान्वयनको लागी सरकार कटिबद्ध रहेको, स्थानीय तहमा संरचनाहरू निर्माण हुने क्रममा रहेको साथै बाल श्रम स्थानीय सरकारको सरोकारको विषय बन्नु पर्ने बारेमा धारणा व्यक्त गर्नु भएको थियो ।
यसैगरी राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेलले बाल श्रम विकासको बाधक तत्व भएकोले स्थानीयस्तरमा बाल श्रमको मुद्दा जोडन पर्ने बताउनु भयो । उहाले बाल श्रम अन्त्यको लागी सरकारले राष्ट्रिय गौरवको बिषय बनाउन पर्ने कुरामा जोड्नु हुँदै बाल संरक्षण प्रणालीको सुढृर्ढिकरण भएमा बालश्रम अन्त्य गर्न सहज हुने समेत बताउनु भएको थियो । धरेलले बाल श्रम निषेध र नियमन गर्ने ऐन २०५६ को समय सापेक्ष संशोधन हुन आवश्यक रहेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव शान्ति राज प्रसाईले बाल श्रम अन्त्य गर्ने ऐनको प्रभावकारी कार्यान्वयन का लागि सबैको समन्वय र सहकार्य हुन पर्ने, बाल संरक्षण तथा बाल श्रमको अन्त्यको लागि स्थानीय तहमा रहको संयन्त्रको परिचालन प्रभावकारी रुपमा हुन पर्ने, विद्यालयमा हुने ड्रप आउट दर घटाउँदै लानु पर्ने, बाल बिबाहले बालश्रममा धकेल्ने समेत भएकोले यस तर्फ ध्यान दिई पालिका जिम्मेबार हुँदै श्रोत मै कार्य गर्नु पर्ने बताउनु भएको थियो ।
यसैगरी एनएसिजि का संयोजक बेनु माया गुरुगंले बालश्रम, बसाइ सराई र बेचबिखन का बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाले बाल श्रममा भएको ब्यक्ति बेचबिखनमा पर्न सक्ने समेत बताउनु भएको थियो । बाल श्रम समाधान गर्न सबैको सहकार्य हुन आबश्यक रहको जिकिर गर्नु  भयो , कार्यक्रममा बाल अधिकार अभियन्ताहरू तारक धिताल, किरण थापा, ऋतु भट्ट राई, कृष्ण चन्द्र आचार्य, मोहन दंगाल, कविता शाह, तिलोत्तम पौडेल, राजेश शर्मा, शान्तराम डंगोल, रबिन नेपाली, मणिराम आचार्य, वैजयन्ति कार्की, लाल बा ओली, अनिता पाण्डे लगायतका ले बाल श्रम अन्त्यका लागी सरकारले चाल्ने कदममा नागरिक समाज ले सहकार्य गर्ने बताउनु हुदै दिगो बिकास लक्ष्य पुरा गर्न बाल श्रम अन्त्य हुन पर्ने भएकोले सरकारलाई यस तर्फ क्रियाशील हुन आग्रह गरिएको थियो ।
राष्ट्रिय बाल संरक्षण सञ्जाल का अध्यक्ष प्रकाश खतिवडाले बालश्रम, बसाइ सराई र बेचबिखन एक अर्कामा अन्तर्सम्बन्धित रहेको, बाल श्रम निवारणको लागि सरकारले अगाडि ल्याएको राष्ट्रिय गुरु योजनाको प्रभावकारी कार्यान्वयनको लागी नागरिक समाज र सरकार बिचको समन्वय र सहकार्य हुन पर्ने भएकोले सहकार्यको लागि नागरिक समाज तयार रहेको बताउनु भयो ।
 उहाले दिगो विकास लक्ष्य को ८.७ एलायन्स स्थानीय तह सम्म क्रियाशील गराउन विकास का साझेदार संस्थाहरू समेत संलग्न हुन आग्रह गर्नु हुदै बाल श्रम मुक्त स्थानिय तहघोषणा कार्यविधि २०७७ अनुरूप को कार्य गर्न राष्ट्रिय बाल संरक्षण सञ्जाल र यसमा आबद्ध संस्थाहरू क्रियाशील भइरहेको समेत बताउनु भयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस