२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

बालिका हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन

२०७७ फागुन १५, शनिबार प्रकाशित ( साल अघि) ११८४ पाठक संख्या

नवलपुर : नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४ हसौरामा एक बालिकाको हत्यामा संलग्न भएको भन्दै उनिहरुलाई कारावाहीको माग गर्दे शनिवार स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

कावासोती नगरपालिका वडा –४ हसौरा बस्ने सरस्वती भण्डारीले आफ्नो ६ महिने छोरीको हत्यामा संलग्न भएको भन्दै आफ्ना ससुरा , श्रीमान् , सासु र अमाजुको बिरुद्धमा किटानी जाहेरी दिएकी थिईन् । गत सोमबार किटानी जाहेरी दिएपनि हाल सम्म आरोपितलाइ पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै आक्रोशित स्थानीयले शनिवार प्रर्दशन गरेका हुन् । स्थानीयले प्रर्दशन गरेपछि मात्र प्रहरीले तिन जनालाइ नियन्त्रणमा लिएकोे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका हरुमा भण्डारीका श्रीमान् गणेश भण्डारी , ससुरा रेशमराज भण्डारी र सासु गितामाया भण्डारी रहेका छन् ।

६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी आरोपितलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए । जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको गिरिको भनाई छ ।


यही फागुन ६ गते राति सो वालिकाको मृत्यु भएको थियो । पिडित सरस्वती भण्डारी र स्थानीयले वालिकाको स्वभाविक मृत्यु भएको नभई उनको हत्या गरिएको दावी गरेका छन् । भण्डारीका दाई दुर्गा सिग्देलले वालिकालाइ षड्यन्त्र पुर्वक बिष खुवाएर हत्या गरिएको आरोप लगाए । उनले भने,“प्रहरीले दुई दिन सम्म जाहेरी लिन पनि मानेन , घटना भएको दिन बच्चालाइ आमा संग अलग गरेर ससुराले लिएर सुतेका थिए , बच्चाको आमाले बिहान मात्र आफ्नो छोरीको मृत्यु भएको थाहा पाएकी थिईन् ।” उनले घरमा बिभिन्न पुजाको बहानामा जडीबुटीको औषधी बनाएर बनाएर खुवाएको र खुवाउन साथ बालिकाले वान्ता गरेको बताए ।
वालिकाकी आमाले आफुले आफ्नो छोरीको मृत्यु भएको बिहान मात्र थाहा पाएको बताईन् । पुजा गरिसकेपछि देउता रिसाउने बहाना बनाई छोरीलाइ आफु संग अलग बनाएर ससुराले लिएर सुतेको उनले बताईन् ।

स्थानियले प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका हुन् । उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् ।


पिडित सरस्वतीका पति गणेशका मामा पुर्णप्रसाद डुम्रेले पनि घटना रहस्यमय रहेको बताए । स्थानीय संगै प्रर्दशनमा आएका उनले पनि वालिकाको हत्यानै भएको दावी गरे । उनले भने,“धेरै कारणले यो नियोजित हत्या हो भन्ने लाग्छ , प्रहरीले अझै पक्राउ नगरेको भए म आफै उनिहरुलाई प्रहरीमा ल्याएर बुझाउने तयारीमा थिए । ”

यस अघि जेठमा पिडित सरस्वतीले जिल्ला प्रहरी कार्यालयमा आफु घरेलु हिंसाको शिकार भएको भन्दै उजुरी दिएकी थिईन् । तर प्रहरीले त्यसमा चासो नदिएको उनको आरोप छ । “ त्यती बेलानै कारावही भएको भए अहिले यो घटना घट्थेन , अहिले मेरो काख रित्तो हुने थिएन ।” उनले भनिन् । उनले आफु निरन्तर घरेलु हिंसाको शिकार भएको बताईन् । प्रहरी उपरिक्षक गिरिले घटनाको बिभिन्न कोणबाट अनुसन्धान हुने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस