२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

बस दुर्घटना दुई जनाको मृत्यु, २७ जना घाइते

२०७७ चैत्र २१, शनिबार प्रकाशित ( साल अघि) १७७८ पाठक संख्या

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने २७ जना घाइते भएका छन् ।

घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक माइक्रोबस शुक्रवार बेलुका ५ बजेतिरको घोराही–मसोटको ओरालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा पारी लमही नगरपालिका ९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य एकजना एकजनाको अवस्था गम्भीर रहेको छ । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस