२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

प्रकृति कृषि सहकारीको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ३६२ पाठक संख्या

मध्यविन्दु । पछिल्लो क्रममा नेपालमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण तवरले हेरिएको छ । सामान्य अर्थमा आम्दानीका स्रोत के–के हुन सक्छन्, दैनीक जीवनमा के–कस्ता क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ, खर्चका प्राथामिकीकरण कसरी गर्ने र बाँकी रहेको रकमलाई कसरी कहाँ लगानी गर्ने भन्ने विषयमा स्पष्ट हुनुलाई नै वित्तीय साक्षरता भनिन्छ ।

वित्तीय साक्षरता सम्वन्धमा अनविज्ञता र यस सम्वन्धमा आम नागरिक सचेत नहुँदा समय समयमा आईपर्ने आर्थिक संकट तथा वित्त व्यवस्थापनका लागि सबै पक्षले वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै प्रकृति कृषि सहकारी संस्थाको आयोजनामा सनिबार मध्यविन्दु – १ चौराहामा १ दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्र बहादुर खड्काको अध्यक्षतामा चौराहामा सो कार्यक्रम सम्पन्न भएको थियोे  ।कार्यक्रममा बोल्दै खड्काले कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रष्ट्याउनुभयो ।

IMG 20230325 WA0032

त्यस्तै कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष बद्रिनाथ नेपाल प्रमुख अतिथी रहनु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै सहकारी बित्तीय साक्षरताले पारिवारिक बचत र उद्यमशिल बन्न सहयोग पुराउने बताउनुभयो।

प्रकृति कृषि सहकारी संस्थाका सदस्यहरुका लागि साक्षरता कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका सचिव ओम प्रकाश पाठकले बित्तीय साक्षरता, पारिवारिक बचत र उद्यमशिलता सम्बन्धी सहजीकरण गर्नुभयो ।

IMG 20230325 WA0040

कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा मुकुन्द प्रसाद पौडेले गर्नुभएको थियो  । उहाँले परिवारमा थोरै थोरै गरेर कमाएको रकम सहकारीमा बचत कसरी गर्ने, खर्चका प्राथामिकीकरण कसरी गर्ने , बचत गरेको रकमले टार्न सकिने बिषयमा प्रष्ट्याउनुभयो । साक्षरता कार्यक्रममा करिव ६५ जनाको उपस्थीतिमा सम्पन्न भएको थियो ।

IMG 20230325 WA0038

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस