२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

प्रहरी हुँ भन्दै रकम असुल गर्ने दुईजना पक्राउ

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) १३८० पाठक संख्या

प्रहरी हुँ भन्दै व्यवसायीहरूसँग पैसा माग गर्ने दुई जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ५ बस्ने २३ बर्षीय बिरेन्द्र सिंह र धनगढी उपमहानगरपालिका – २ बस्ने २५ बर्षीय पारस मल्ल रहेका छन।

उनीहरु दुवै जना सादा पोशाकका प्रहरी हुँ भन्दै धनगढी उपमहानगरपालिका – ८ स्थित एक व्यापारीबाट ५ हजार माग गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट व्यवसायीबाट माग गरेको ५ हजार समेत बरामद गरेको छ । उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अन्य ठाउँबाट समेत रकम असुलेको आशंका गरेर कहि कतै प्रहरीको नाममा रकम लिईएको भएका जिल्ला प्रहरी कार्यालयमा खबर गर्न आग्रह समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस