२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

२०७७ कार्तिक ९, आईतबार प्रकाशित ( साल अघि) ९९६ पाठक संख्या

काठमाडौं ९ कात्तिक । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आइतबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका हुन् ।

जाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए। उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे।

पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। उक्त अवसरमा उपस्थितलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो। नेपाल प्रहरीले हरेक वर्ष बडादसैंको अवसरमा मौलो पूजा गर्दै आइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस