२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

प्रदेश-१ प्रहरी प्रमुख (डिआइजी) कार्कीलाई कोरोना संक्रमण पुष्टि

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) ११४९ पाठक संख्या

मंगलवार २३ भदौ – प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण देखिएको छ।

ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए। कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुईकेलले प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको बताए।

प्रदेश १ मा हालसम्म ३५५ प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये २२० जना डिस्चार्ज भइसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस