२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

प्रथम मध्यबिन्दु महोत्सब पुस १३ गतेदेखी २३ गतेसम्म

२०७५ मंसिर १८, मंगलबार प्रकाशित ( साल अघि) ११७२ पाठक संख्या
बिजय चालिसे  मङ्सिर, १८, कावासोती । नवलपुरको मध्यबिन्दु नगरपालिकामा प्रथम मध्यबिन्दु महोत्सव हुने भएको छ । मध्यबिन्दु उधोग बाणिज्य सङ्घको आयोजनामा आगामी पुस १३ गतेदेखी २३ गतेसम्म महोत्सव हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका महासचिब चेत प्रसाद पौडेलले जानकारी दिनुभयो । कला र सस्कृतिको सरक्षण तथा कृषि, पर्यटन, उधोग, ब्यापार प्रबर्द्धनका लागि मध्यबिन्दु महोत्सव भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवमा २ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनको प्रदर्शनी, विभिन्न अटो कम्पनिका स्टल, विभिन्न खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्रीका प्रदर्शनी, सेवामूलक सस्थाका प्रदर्शनी कक्षहरु रहने महासचिब पौडेलले बताउनुभयो । महोत्सवमा विभिन्न जातजातिका भेसभुसा, रहनसहन, कला सस्कृतिलाई जगेर्ना गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको मध्यबिन्दु उधोग बाणिज्य सङ्घका अध्यक्ष केदार प्रसाद पराजुलिले बताउनुभयो । महोत्सवमा १ लाख २० हजार दर्शकले अबलोकन गर्ने र करिब ८ करोड रुपैयाँ बढिको कारोबार गर्ने लक्ष्य लिईएको आयोजकको भनाई छ । महोत्सवमा बिशेष गरि स्थानिय कृषिकहरुले उत्पादन गरेका अदुवा, मास, बोडि, गहत, पिँडालु, तरुल, मह, सुठो, अमृसोलागायतका सामानहरुको प्रबर्द्धनमा जोड दिईने आयोजकले जनाएको छ । नेपालकै मध्य भाग मध्यबिन्दुमा पहिलो पटक आयोजना गरिएको महोत्सवलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ । महोत्सव मध्यबिन्दु नगरपालिका १० आरुङखोला किनारमा हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस