२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

प्रचण्डले लाजमर्दो राजनीति गरे : कमल थापा

२०७७ चैत्र ९, सोमबार प्रकाशित ( साल अघि) २२१२ पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरेको टिप्पणीप्रति आश्चर्य व्यक्त गरेका छन् ।

प्रचण्डले ओलीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनेकोमा अध्यक्ष थापाले आश्चर्य व्यक्त गरे ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले ‘विदेश एजेन्ट’ भनेपछि पनि सरकारलाई दिएको समर्थन कायम राख्नुलाई लाजमर्दाे राजनीति भनेका छन् ।

थापाले लेखेका छन्, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिनअघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ । यस्तो गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस