२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पुष्प र गरिमाको ‘भुर भुर पुतली’

२०७७ भाद्र १२, शुक्रबार प्रकाशित ( साल अघि) १४५० पाठक संख्या

गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ ।

यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा किसन रेग्मीको लगानी छ । भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ छ । भिडियोमा पुष्प र गरिमा रोमान्टिक देखिएका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी, पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस