२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

पाँचौं वडास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि १ नम्बर वडालाई

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दुमा पाँचौं वडा स्तरीय महिला तर्फको भलिबल प्रतियोगिताको उपाधि मध्यविन्दु १ नम्बर वडाले जितेको छ।

नगरपालीकाको वडा नम्बर २ को कुमारवर्ती माध्यमिक  विद्यालयको सानो खेल मैदानमा चैत २ गतेदेखि जारी प्रतियोगिता शुक्रबार महिलातर्फको खेल सम्पन्न भएको हो ।

उक्त खेलमा महिला तर्फ सात वटा टिमहरू सहभागी रहेका थिए । १ नम्बर वडाले सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो। त्यस्तै  वडा नम्बर १५ द्वितीय र सान्तवना पुरस्कार वडा नम्बर २ र ४ ले जितेको छ।

IMG 20230317 WA0017

प्रतियोगिताका बिजेताले क्रमश: २० लाख रुपैयाँ र प्रमाणपत्र, सह बिजेताले १० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् भने सान्तवना पुरस्कार स्वरूप ५/५ हजार रुपैयाँ र प्रमाणपत्र कप प्रदान गरिएको थियो।

IMG 20230317 WA0021

नगर प्रमुख भिमलाल अधिकारीको प्रमुख आतिथ्ययतामा उद्घाटन भएको सो प्रतियोगिता मध्यविन्दु नगर खेलकुद विकास समितिले आयोजना गरेको हो।

IMG 20230317 WA0019

प्रतियोगितमा बिजेता हुने टिमका खेलडीहरूलाई समापन समारोहका प्रमुख अतिथि नगर प्रमुख अधिकारी, नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरी, वडाध्यक्ष रामभक्त अधिकारीले पुरस्कार वितरण तथा वधाई ज्ञापन गरेका थिए । पुरुष तर्फको खेल भने प्रतिशपर्दा चल्दाचल्दै हिजो रात परेपछि खेल पुन:आजलाई सारिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस