२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

पहिलो प्राथमिकता कोरोना महामारी नियन्त्रणलाई नै दिनेछौं : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) १६४९ पाठक संख्या

कावासोती- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग  सरकार र सरकारका प्राथामिकता बारे नवलपुर टाईम्सका कार्यकारी सम्पादक सन्जय भट्टराईले गरेको कुराकानी :

विषम परिस्थितिमा मुख्यमन्त्री बन्नु भएको छ , यहाँको सरकारको प्रमुख प्राथमिकता के के छ्न ?

हामीले अहिले पहिलो प्राथमिकता कोरोना महामारी नियन्त्रणलाई नै दिनेछौं । प्रदेशका सम्पुर्ण नागरिकलाई खोपको व्यवस्थापन, सम्पूर्ण अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन , परिक्षणको दायरा बिस्तार र कोरोना संक्रमित भएर निको भएकालाई समाजमा पुन:स्थापनानै हाम्रो पहिलो दायित्व र प्राथमिकता हो । त्यो बाहेक विकास निर्माणका कुराहरु आगामी बजेटमा आउनेनै छ्न, हिजो मात्रै पदभार ग्रहण गर्दा महिलाको स्तन र पाठेघर क्यान्सरको उपचार निशुल्कको निर्णय गरेको छु ।

संघीय सरकार प्रदेश सरकारलाई बलियो बनाउन चाहेन भन्ने अन्य मुख्य मन्त्री र यहि प्रदेशका निवर्तमान मुख्य मन्त्रीको आरोप पनि थियो, अब संघीयता कार्यान्वयन गर्ने तर्फ कसरी अगाडी बढनु हुन्छ ?

हो यो कुरा सत्य हो कि संघिय सरकार प्रदेशलाई बलियो बनाउन चाहादैन, मैले मात्रै होइन यो कुरा पृथ्वीसुब्बा गुरुङले पनि स्वयं प्रदेश सभा बैठकमा बोल्नु भएको हो । स्वास्थ्य, शिक्षा, वन, केन्द्र सरकार मातहातमा राखेर संघीयता नस्वीकारेको प्रष्ट छ । यी सबै चिज केन्द्रमा राख्नुको मतलब के हो भने संघीय सरकार संघीयता बलियो बनाउन चाहँदैन । संघीयताको मर्मअनुसार काम गर्न केन्द्र सरकारसँग हामी लड्नेछौं । प्रदेश सरकारलाई दिएको अधिकार चाँडोभन्दा चाँडो स्थानीय तहसम्म पुगोस् भन्नेमा मेरो ध्यान जान्छ ।

प्रदेश सभाको पहिलो बैठकमा ५ वर्ष हामी प्रतिपक्षमा बस्छौ भनेर तपाईं आफै बोल्नु भएको थियो , अनि अहिले सरकारमा जान किन हतार गर्नु भएको ?

जब मुलुकमा असाधारण घटना र दुर्घटना आउँछ स्वभावैले प्रमुख प्रतिपक्षको काँधमा जिम्मेवारी आउँछ । अहिले भएको त्यही हो । दुई तिहाइको सरकारले सरासर सरकार सञ्चालन गदिएको भए यो स्थिति आउँदैन्थ्यो । तर, हिजोको सरकार आफ्नै कारणले अल्पमतमा पर्‍यो । त्यसैको विकल्प दिनुपर्ने भएपछि विपक्षी गठबन्धन अघि सरेको हो । बहुमतले सरकार सञ्चालन गर्न नसकेपछि आएको जिम्मेवारीबाट भाग्ने कुरा आएन । त्यसैले हामी अघि सर्‍यौं ।

अन्त्यमा, नवलपुरबाट तपाईं निर्वाचित प्रदेश सभा सदस्य प्रदेशको मुख्यमन्त्री हुनु भएको छ , अब जिल्लाबासीको अपेक्षा कसरी पूरा गर्नु हुन्छ , के के योजना छन ?

नवलपुर जिल्ला गण्डकी प्रदेशको आधारक्षेत्र हो । अघिल्लो सरकारले योजना ल्याएर पनि सुरुवात गर्न नसकेको दुम्किबास देखि त्रिवेणी जोडने मार्ग जुन चितवन राष्ट्रिय निकुञ्जको कारणले अगाडी बढन सकेको छैन, यो प्रदेशकै लाईफ लाईन भएकाले यो सडक जसरी पनि बनाउने तर्फ मेरो मात्रै होइन प्रदेश सरकारको पहिलो प्राथमिकता हुने छ । त्यो बाहेक सम्रग जिल्लाको विकास निर्माणमा सरकार र प्रतिपक्ष मिलेर ल्याएको योजनाहरु जस्तो कि  जिल्लाको नाम नामाकरण नवलपुर गर्ने विषय देखि ट्रमा सेन्टर, औद्योगिक क्षेत्र , फलाम खानी , कालीगण्डकी करिडोर जसमा उल्लेखनीय काम पुर्ववर्ती सरकारले गरेको छैन , ती सबैकाम सम्पन्न गर्ने तर्फ मेरो र सिङ्गो गण्डकी प्रदेश सरकारको विषेश ध्यान जानेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस