२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासीका एसपी केसीको बिदाई

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) ३३१२ पाठक संख्या

परासी । पश्चिम नवलपरासी प्रहरी प्रमुखको तेह्र महिना कार्यकाल पछि सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक अजय केसिलाई बिदाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सहित विभिन्न सामाजिक संघसंस्थाहरुले प्रहरी उपरिक्षक केसिलाई बिदाई गरेका हुन् । तेह्र महिना अवधिमा करिव ७ करोड बराबरको राजस्व संकलन गर्न सफल हुनुभएका प्रहरी उपरिक्षक केसिको काठमाडौ अख्तियर दुरुपयोग अनुसन्धानमा सरुवा भएको छ ।

Received_3024350444554042

एसपी केसिलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र, लगाएतका कार्यालय तथा संस्थाहरुले औपचारीक कार्यक्रम गरि बिदाई गरेका हुन्। नवलपरासी बस्दा स्थानीयहरुको सहयोग मिलेको भन्दै प्रहरी उपरीक्षक केसिले खुसी समेत व्यक्त गर्नुभयो ।

Received_340319957507531

जिल्लामा केसि प्रहरी प्रमुखका रुपमा आएर शान्ति सुरक्षा कायममा सफल भएको भन्दै नागरिक स्तरबाटै उहाँको प्रशंसा समेत भएको छ । सुरक्षाको दृष्टिले पश्चिम नवलपरासी सवेंदनशिल जिल्ला भए पनि सहज ढंगबाट सुरक्षा कायम गर्न सफल भएको उल्लेख गरेका छन् ।

Received_199031032131662

एसपी केसिको सरुवा भएपछि पश्चिम नवलपरासीमा नयाँ एसपीको रुपमा मनोज कुमार यादव आउनुभएको छ । उहाँ काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानिपोखरीबाट पश्चिम नवलपरासी सरुवा हुनुभएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस