२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघ नवलपुर शाखाद्वारा कोभिड संक्रमित पत्रकारलाई सहयोग

२०७८ जेष्ठ ११, मंगलबार प्रकाशित ( साल अघि) १४२२ पाठक संख्या

कावासोती,११ जेठ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कोभिड संक्रमित पत्रकारलाई सहयोग प्रदान गरेको छ ।

पत्रकार महासंघ नवलपुर शाखाले निर्माण गरेको पत्रकार कल्याण कोष मार्फत जिल्लामा महासंघमा आवद्ध कोभिड संक्रमित तीन जना पत्रकारलाई सहयोग प्रदान गरेको हो ।

नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुली, कोष परिचालन समितिका संयोजक नविन पौडेल, विष्णु गौडेल, दयाराम आचार्य ,धनु भुषाल सहितको टोलीले संक्रमित पत्रकारलाई सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

कोष परिचालन समितिको बैठकको निर्णय अनुसार तीन जना सदस्यलाई जनही रु. ५ हजार प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तर गरिएको संयोजक पौडेलले बताउनुभयो ।

पत्रकारलाई भईपरि आउने जोखिम, दुर्घटना, विपदमा सहयोग गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघ  नवलपुर शाखाले पहिलो पटक कोषको स्थापना गरेको महासंघ अध्यक्ष पराजुलीले बताउनुभयो ।

महासंघले कार्यवीधि निर्माण गरि सोमबार नै कार्यसमितिको बैठकबाट पास गरेको अध्यक्ष पराजुलीले बताउनुभयो ।

कार्यवीधि पारित भए लगतै कोषका बिभिन्न सहयोगी दाताहरुबाट प्राप्त रकम मार्फत कोभिड संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराईएको हो ।

कोष स्थापना संगै यसमा सहयोग रकम समेत जुटीरहेको कोष परिचाल समितिका संयोजक पौडेलले बताउनुभयो।

सोमबार कोषमा पत्रकार महासंघका जिल्ला कार्यसमित सदस्य अर्जुन अविरलले  आफ्नो जन्मदिनको अवसरमा रु. ४ हजार ४४४ प्रदान गर्नु भएको छ ।

आइतबार मात्रै कोषमा शाखाका कार्यसमिति सदस्य दयाराम आचार्यले आफ्नो जन्मदिनको अवशरमा रु. ५ हजार १०० प्रदान गर्नुभएको थियो । यस अघि समेत कोषमा बिभिन्न व्यक्तीहरुबाट सहयोग रकम प्राप्त हुदै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस