२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

पत्रकार महासंघ नवलपुरद्वारा प्राकृतिक चिकित्सालयका संक्रमितलाई फलफुल वितरण

२०७७ भाद्र १३, शनिबार प्रकाशित ( साल अघि) १००२ पाठक संख्या

नवलपुर,१३ भाद्र । नवलपुर जिल्ला  स्थित सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा रहेका संक्रमितलाई आज पत्रकार महासंघ नवलपुरको तर्फबाट फलपुल वितरण गरिएको छ ।

शनिबार सामाजिक दुरी कायम गर्दै देवचुली रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितहरुलाई नेपाल पत्रकार महासंघ नवलपुरद्वारा फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष होमराज रानाभाटले विषम परिस्थितीमा आ फनो ज्यानको जोखिम मोलेर काम गरेका नवलपुरका ७ जना पत्रकारहरुलाई कोरोना पुष्टि हुँदा दुःख व्यक्त गर्दै पत्रकार मात्र नभई राजनैतिक दलका व्यक्ति, सुरक्षाकर्मी स्वास्थकर्मी लगायतलाई कोरोना संक्रमित भएको बताउनुभएको थियो ।

उहाँले सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसनमा रहनुभएको संक्रमितलाई आत्मबल उच्च राख्न अनुरोध गर्दै नेपालको उत्कृष्ट आइसोलेसनमा उपचाररत रहेकाले सम्पुर्ण संक्रमित छिटै निको भएर घर फर्किनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नवलपुरका पत्रकार, गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, अस्पतालका व्यवस्थापक हरि सापकोटा, निर्देशक डा. विनोद पौडेल, मध्यविन्दु अस्पतालका डा. लगायतको उपस्थितीमा फलफूल वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस