२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नेपाल माध्यमिक विद्यालय देवचुलीमा सेपाक ताक्रो प्रतियोगिता

२०७८ आश्विन २४, आईतबार प्रकाशित ( साल अघि) १२९५ पाठक संख्या

बिबेक भण्डारी ,
नेपाल नमुना माध्यमिक विद्यालयमा देवचुली १ को आयोजनामा विद्यालय स्तरीय खुल्ला सेपाक ताक्रो प्रतियोगिता आयोजना गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगिता सुरु गरिएको छ । विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाको अध्यक्षता एवं देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाट समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल सेपाक ताक्रोका केन्द्रिय उपाध्यक्ष जितेन्द्र थापा मगर, केन्द्रिय सचिव नेशरी मास्के, केन्द्रिय कोषाध्यक्ष नरबहादुर थापा , शिक्षा तथा खेलकुद देवचुली नगरपालिकाका प्रमुख रामप्रसाद शर्मा, खेलकुद विकास समिति नवलपुरका प्रमुख एवं प्रतिनिधि, १,२ र ४ का वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । विश्वका विभिन्न स्थानमा खेलिदै आएको यो खेलको परिचय र बालबालिकाहरुलाई यस्को जानकारी दिने उद्देश्यले प्रतियोगता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले जानकारी दिनुभयो । अहिले प्रतियोगिता जारी रहेको छ ।

एक दिन मात्र संञ्चालन हुने उक्त प्रतियोगितामा १२ जना टिमका ५० खेलाडीहरुले प्रतियोगितामा भाग लिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस