२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नेपाल मगर महिला संघ गण्डकी प्रदेशको अधिवेशन कावासोतीमा सुरु

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

नवलपुर । नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशन नवलपुरको सदरमुकाम कावासोतीमा सुरु भएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच अधिवेशन सुरु भएको प्रदेश समितिले जनाएको छ ।

कार्यक्रम नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिका अध्यक्ष रुपा आले मगरको सभाध्यक्ष्ता एवम् नेपाल मगर महिला संघका केन्द्रीय अध्यक्ष हिरुसरा राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजाति भित्रका मगर समुदायहरुले आफ्नो संगठन गठन गरेर मात्र नहुने बताएका छन् ।

संगठनलाई मजबुत गराउदै सामूहिक मुद्धाहरुको कुराहरु उठान गर्नु पर्ने बताए । उनीहरुले सम्पूर्ण मगर समुदायका महिला तथा पुरुषहरु एकताबद्ध भएर आफ्नो जातजातिको हक अधिकारका लागि एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । आदिवासी जनाजातिहरु अझैपनि राज्यको मूलधारसम्म पुग्न नसकेको भन्दै त्यसका लागि मगर समुदाय लागयतका सम्पूर्ण आदिवासी जनजातिहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको नेपाल मगर महिला संघ गण्डकी प्रदेश समितिको दोश्रो अधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ । कार्यक्रममा गण्डकी गण्डकी प्रदेशभरीका मगर महिला संघहरुको उपस्थित रहेको छ । यस्तै शुक्रबार भएको कार्यक्रममा नेपाल मगर संघका विभिन्न संगठन र भातृसंगठनका पदाधिकारीहरुको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम कावासोती नगरपालिका २ स्थित पुन समाज हलमा सञ्चालन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस