२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नेपाली भाषा हटाएर अंग्रेजी इम्बोस्ड राख्ने कार्य प्रति नेपाली भाषा साहित्य संघको आपत्ती

२०७७ भाद्र १६, मंगलबार प्रकाशित ( साल अघि) १२७४ पाठक संख्या

भदौ १६, चोरमारा ।नेपाली भाषा साहित्य संघले सरकारी निकायबाट नै नेपाली भाषाको गरिमा र अस्तित्व मेटाउने काम गरेको भन्दै आपत्ती जनाएको छ । संघले एक प्रेस विज्ञप्ति मार्फत विभिन्न बहानमा नेपाली भाषालाई ध्वस्त पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ ।

नेपालको सरकारी कामकाजको रुपमा रहेको नेपाली भाषा, म्यानमार,भारत, भुटान लगायतका मुलुकमा बोलिने गरेको भए पनि सरकारी निकायले नै उक्त भाषा मेटाउने प्रपञ्च गरेको भाषा संघले जनाएको छ।सवारी साधनमा देवनागरिक लिपीमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान मेटिने गरि अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट सरकारी निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

नेपाली भाषा साहित्यकका अध्यक्ष नेत्रलाल न्यौपानेद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयका विरुद्ध मानक नेपाली भाषा अभियान अन्तराष्टिय सञ्जालले दिएको सशक्त दवाव स्वरुप तत्कालिन प्रधानन्याधीश गोपाल पराजूलीले इजलासले २०७४ फागुन ६ गते् अन्तरिम आदेश जारी गरेको समेत स्मरण गराएको छ ।

सर्वाेच्च अदालतले २०७६ मंसिर २७ गते उक्त रिटलाई खारेज गरिदिएपछि यातायात व्यवस्था विभागले गत साउन १ गते देखि सवारी साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्र राख्ने गरेको भन्दै विरोध जनाएको छ ।नेपाली भाषा साहित्य संघले उक्त राष्ट विरोधी फैसला मान्य नहुने जनाउँदै उक्त फैसलालाई सच्याउन समेत आग्रह गरेको छ ।

हेर्नुहाेस विज्ञप्ति जस्ताकाे त्यस्तै

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस