२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेस मध्यविन्दु-३ वडा समितिले नगरपालीकालाई बुझायो ज्ञापन पत्र

२०७८ कार्तिक ९, मंगलबार प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

कोल्हुवा ।  नेपाली कांग्रेस मध्यविन्दु-३ वडा समितिले मध्यविन्दु नगरपालीका समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

लगातार परेको वर्षाका कारण कृषकहरूको धानबाली पुराएको नोक्सानलाई मध्य नजर गर्दै नगर प्रमुख चन्द्र बाहदुर राना र नगर कृषि शाखा प्रमुख सामु सो पत्र पेश गरेको हो ।

Received_410087400726275

यस क्षेत्रमा बसोबास गर्ने गरीब तथा विपन्न वर्गका किसान वर्गले लगाएको धान बली अविरल वर्षाको कारणले नष्ट भएकोले यस वडामा पनि लेढा, इटौरा, ब्रम्हमस्थान, रतनपुर लागयत मध्यविन्दु नगरपालिका क्षेत्रभरी धान बाली भित्राउने समयमा पनि वर्षाका कारण अधिकास नष्ट भएकोले यस क्षेत्रका अधिकांश स्थानमा गरिव विपन्न वर्गका मानिहरु मारमा परेको भन्दै नगरपालीकालाई ध्यान आर्कषण गराएको वडा सभापति सुभास चन्द्र नेपालले बताउनुभयो ।

Received_286344623357342

ज्ञापन पत्रमा किसानहरुको धान वालीको स्थलगत अध्ययन अनुसन्धान र मुल्याङकन गरी उचित किसिमको राहातको माग गरेको छ ।

त्यस्तै नगर प्रमुख चन्द्र बहादुर रानाद्वारा स्थलगत अध्यय गदै दुई चार दिनभित्रै आवश्यक कदम चाल्लने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस