२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रेसद्वारा मध्यविन्दु नगरपालिकालाई ध्यानाकर्षण (ध्यानाकर्षण पत्र सहित)

२०७९ अषाढ ३२, शनिबार प्रकाशित ( साल अघि) १९९८ पाठक संख्या

चोरमारा । भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान शाखामा कार्यरत कर्मचारीहरुलाई विनाकारण पद मुक्त गरेको भन्दै नेपाली कांग्रेस मध्यबिन्दु नगरकार्यसमितिले नगरपालीकालाई ध्यानाकर्षण गराएको छ ।

शनिवार नगरकार्यसमितिले ध्यानाकर्षण पत्र जारी गदै उक्त पत्रमा नेपाल सरकारले देश भरि रहेको भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान गइराखेको तर मध्यबिन्दु नगरपालिकाले नगर भित्र रहेको यस समस्यालाई यथावत राख्ने उद्देश्यले हाल नगरमा रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास समस्या समाधान शाखामा कार्यरत कर्मचारीहरुलाई विनाकारण पद मुक्त गर्ने,करार नविकरण नगर्ने निति नगरपालीकाले अक्तियारी गर्ने बुभिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस मध्यबिन्दु नगर कार्यसमितिको ध्यानाकर्षण भएको उक्त पत्रमा जनाएको छ ।

 

त्यस्तै नगरसमितिले जारी गरेको पत्रमा विविध प्रकृया र स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत विज्ञापनका माध्यमबाट नियुक्त करार सेवाका कुनै पनि कर्मचारीलाई औचित्य पुष्टि नगरी,राजनैतिक आस्था,विचारको आरोप लगाई पदमुक्त नगर्न,नगराउनुहुन माग गरेको सम्मेत उल्लेख गरेको छ ।

नेपाली कांग्रेस मध्यबिन्दु नगर कार्यसमितिलका उपसभापति जितु थापाको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाललाई बुझाएका हुन्।

उपसभापति थापाका अनुसार आफुहरुको मागलाई वेवास्था गरे संघर्षको कार्यक्रम अगाडी बढा्उने बताएका छन् ।

FB_IMG_1657984655257

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%३%

प्रतिक्रिया दिनुहोस