२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

निर्धन उत्थान संस्थाले परिस्थितिलाई ध्यानमा राख्दै नीति परिमार्जन गर्‍यो

२०७८ जेष्ठ ७, शुक्रबार प्रकाशित ( साल अघि) २७९४ पाठक संख्या

पोखरा । निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाले कोरोनाको विषम परिस्थितिलाई ध्यानमा राख्दै केही नीति परिमार्जन गरेको छ।

संस्थाले यही जेठ ५ गतेको निर्णय अनुसार कर्जामा आएको ब्याज को ६.५% छुट दिने क्षेत्रीय कार्यलयका कार्यक्रम अधिकृत दामोदर पाठकले जनकारी दिनुभयो ।

त्यतिमात्रै नभएर ब्यबसाय पुनस्थापना कर्जा लगानी गर्दा लाग्ने १.५% सेवासुल्क समेत यहि जेठ ९ गते देखि असोज मसान्तसम्म नलिने निर्णय गरेको कार्यक्रम अधिकृत पाठकले बताउनुभयो ।

उहाँका अनुसार नियमित कर्जा कारोबार गर्ने सदस्य ,भाखा ननाघेको सम्पुर्ण किस्ता रकम भुक्तानी गरि सकृय कर्जामा परिणत हुने ग्राहक सदस्यले यो सुबिधा लिन सक्ने छ्न ।

संस्थाले धितो राखेर १५ लाख र बिनाधितो ४ लाख सम्म लगानी गर्दै आएको छ ।

निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाका १८१ ओटा शाखा कार्यालयबाट ग्राहक सदस्यले यो सुबिधा लिन सक्नेछन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%३%

प्रतिक्रिया दिनुहोस