२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा ब्यवसायिक बाख्रापालन तालिम सम्पन्न

२०७८ पौष १३, मंगलबार प्रकाशित ( साल अघि) ११९९ पाठक संख्या

पोखरा । काठमाण्डौ नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २८ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७८ पौष ५ गते देखि ७ गते सम्म म्याग्दी जिल्लाको ताकममा “ब्यवसायिक बाख्रा पालन तालिम” सम्पन्न गरेको संस्थाका पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख श्री बिण्णु प्रसाद पराजुलीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु श्री अनिषा पौडेल, तारानाथ पौडेल र श्री मुना थापा रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख श्री बिण्णु प्रसाद पराजुलीले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाका बाबियाचौर शाखा कार्यालयका प्रमुख अर्जुन प्रसाद शर्माले प्रकाश पारेका थिए । बख्रा पालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्राहरुमा भिन्नता, बाख्रा पालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा स्थानीय एवम उन्नत बाख्राकोे जातिय परिचय, उन्नत बाख्रा पालनको कारण एंव महत्व तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, पाठा पाठी हुर्काउदा तथा बाख्रा व्याउदा गर्नुपर्ने तयारी, गुणस्तरीय दाना, घांसको पहिचान, बाख्रामा लाग्ने रोगको पहिचान, निदान, प्रजननका लागि बाख्रा तथा बोकाको छनौट, स्थान अनुसार बाख्राको जातं बारे आवश्यक जानकारी, रोगी तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा बाख्रामा लाग्ने रोग , रोगको लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रण साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रा पालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास, बजार ब्यवस्थापन, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका बाबियाचौर शाखाका शाखा प्रमुख अर्जुन प्रसाद शर्माले बताएका थिए ।

यस निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १९२ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी २०३ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आईरहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आईरहेको छ ।

साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ । तालिमको अन्त्यमा तालिमको मुल्याकंन सहभागी श्री मन्जु भण्डारी, ह्याप्पी सुनार र कुल बहादुर खत्रीले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा बाख्रा पालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । बाख्रा पालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका क्षेत्रीय प्रमुख श्री बिण्णु प्रसाद पराजुलीले जानकारी गराएका थिए ।

तालिमको संचालन बाबियाचौर शाखाका प्रमुख अर्जुन प्रसाद शर्माले गरेका थिए । संस्थाको शाखा कार्यालय बाबियाचौरको २०७८ मंसिर मसान्त सम्ममा यस क्षेत्रको १३६४ घर परिवारहरुमा सेवा विस्तार गरेको छ । शाखाले २०७८ मंसिर मसान्त सम्ममा लगानीमा रहेको कर्जा रु। ८ करोड २४ लाख रहेको छ भने ग्राहक सदस्यहरुको ५ करोड १५ लाख बचत परिचालन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस