२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

निर्धन उत्थान लघुवित्तको कर्जा जोखिम र व्यवस्थापन तालिम सम्पन्न

२०७९ माघ २३, सोमबार प्रकाशित ( साल अघि) ८०३ पाठक संख्या

बिरगंज । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा जोखिम तथा भाखा नाघेको कर्जा व्यवस्थापन तालिम माघ २० र २२ गते बारा जिल्लाको सिमरामा सम्पन्न भएको छ । बिरगंज क्षेत्रीय कार्यालय अन्तर्गत शाखामा कार्यरत सहायक तथा लेखापाल सहित ३३ जना कर्मचारीलाई तालिम दिइएको हो।

कार्यक्रममा कर्जा जोखिमका विभिन्न आयम, कर्जा जोखिम न्यूनीकरणका उपाय, व्यवसाय प्रवर्द्धन, भाखा नाघेको कर्जा व्यवस्थापन, डिजिटलाइजेसन, सम्पत्ति शुद्धीकरण, कानुनि प्रक्रिया, सकारात्मक सोच, कर्मचारी उत्प्रेरणा लगाएतका विषयमा सम्बन्धित प्रशिक्षण दिईएको थियो ।

क्षेत्रीय कार्यालयका अधिकृत राधेश्याम साहनी र दामोदर पाठकको उपस्थिति रहेको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले भर्चुवल माध्यमवाट स्वागत मन्तव्य राख्नु भएको थियो । भने कृषि बिकास लिमिटेड प्रदेश कार्यालय बिरगंजका बरिष्ठ प्रबन्धक फैयाज अलीले कर्जा जोखिम र न्यूनीकरणका उपाय सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै मालपोत कार्यालय सिमरा बाराका अधिकृत राजेन्द्र प्रसाद पौडेल तथा नापी कार्यालयका अधिकृत प्रभू प्रसाद कोइरीले बैंक बित्तीय संस्थाहरुले धितो राख्दा अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिनुको साथै नक्सामा क्षेत्रफल चेकजांच , जग्गा छनौट , जग्गाको किसिम, लिखत, दृष्टिबन्धक, भोगबन्धक,  मालपोत कार्यालयले धितो राख्ने जग्गा सम्बन्धमा सहजिकरण गर्नुभएको थियो ।

त्यस्तै एभरेष्ट बैंक लिमिटेड बिरगंज शाखाका शाखा प्रबन्धक श्रीमती  सगून नेपालले संस्थाले बजारीकरण गर्ने तरिका, बजारीकरणमा नयापन ल्याउने, बजारिकरणको बर्तमान अवस्था, प्रभावकारी बजारीकरणको तौर तरिकाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो ।

अन्त्यमा क्षेत्रिय कार्यालय बिरगंजका बरिष्ठ ब्यावस्थापक राधेश्याम साहनीले पौष मसान्त सम्मको शाखागत लक्ष्यप्रगती प्रस्तुत गनुको साथै विभिन्न लघुवित्त संस्थाहरु संगको कर्जा, बचत, निष्कृय कर्जा, कर्जा बचत अनुपात, सदस्य संख्य र शाखा संख्यहरुको तुलनात्मक प्रतिवेदन प्रस्तुत गरेर संख्याको लक्ष्य पुरा गर्न आग्रह गर्दै तालिम सम्पन्न भएको थियो ।

यस्तै विभिन्न किसिमका तालिम यही माघ महिनामा देश भरीका क्षेत्रिय कार्यालयहरुमा २० ओटा तालिमको कार्यक्रम रहेको क्षेत्रिय कार्यालय विरगंजका कार्यक्रम अधिकृत दामोदर पाठकले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस