२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नियन्त्रणमा आयो चौधरी उद्योग ग्रामको आगलागी

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित ( साल अघि) २५६४ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ ।

देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी ग्रुपको औधोगिक ग्राममा रहेको सीजी ब्रुअरीमा बिहान सवा ८ बजेबाट सुरु भएको आगलागी साँझ साढे ६ बजे नियन्त्रणमा आएको हो । ब्रुअरीमा लागेको आगो निभाउन ८ वटा दमकललाई १० घण्टा भन्दा बढी समय लागेको हो ।

कारखानामा लागेको आगो नियन्त्रणका लागि पूर्वी, पश्चिम नवलपवरासी र चितवनका ८ वटा दमकल प्रयोग गरेर सेना, सशस्त्र प्रहरी, प्रहरी र उद्योगका कर्मचारी खटिएका थिए ।

जिल्ला प्रहरीका प्रवक्ता दिलिप गिरीले बियर कारखानाको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई १० घण्टाभन्दा बढी समय लागेको जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

बिहान ८ बजे बियर उत्पादन गर्ने कारखानाबाट धुवाँको मुस्लो निस्केपछि बाहिरका मजदुरले आगो लागेको जानकारी दिएको प्रशासन प्रमुख दामोदर पौडेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोदाममा तयारी अवस्थामा राखिएको ६० हजार कार्टुन बियर जलेर नष्ट भएको छ।

तयारी बियर, कार्टुन, बियर बनाउने कच्चापदार्थ ,कारखानको इन्जिनियरिङ विभाग, गोदाम, कार्टुन गोदाम र कार्यालय जलेर नष्ट भएको छ । चौधरी ग्रुपका महाप्रबन्धक मधुु पौडेलले भने आगलागीबाट भएको क्षतिको विवरण आउन अझै केही समय लाग्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%

प्रतिक्रिया दिनुहोस