२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

निकुञ्जबाट गैंडा गाउँ पस्दा स्थानीयवासीमा त्रास

२०७८ पौष ३०, शुक्रबार प्रकाशित ( साल अघि) २३१३ पाठक संख्या

कोल्हुवा । नारायणी नदीवारीको निकुञ्ज आसपासका गाउँहरुमा गैंडाले आतंक मच्चिदै आएको छ ।

नवलपुरको मध्यबिन्दु- २ कोल्हुवामा गैंडाले शुक्रबार बिहान १० बजे आतंक मच्याएको हो । किसान गैंडाको आतंकले आजित भएका छन् । उनीहरुले रात दिन गैंडाको त्रासमा बाँच्नुपरेको गुनासो गर्छन । चितवन राष्ट्रिय निकुञ्जबाट आएका गैंडाले किसानले लगाएको मकै, उखु, केरा, तरकारीलगायतका बालीमा क्षति पुर्‍याउने गरेका छन् ।

Screenshot_20220114 103106_Video Player

रातको समयमा दिनहुँजसो गैडाले उँखु, केरा तरकारी सबै खाएर नष्ट गर्ने गरेको छ । गैडाले खेतीपाती नष्ट गर्नुका साथै मान्छेको ज्यानै जाने खतरा पनि उत्तिकै रहेको छ ।

त्यस्तै कोल्हुवा निवासी लक्ष्मी नारायण महतोले आज बिहान गैंडाले आतंक नै मचाएको बताउनुभयो । उहाँले भन्नुभयो “मन्दिर गएर फर्कदै थिए म त मरे भन्थे धन्न बाँचे । उहाँले भनुभो अगाडि दुई जना साथीहरूको बाईकमा समेत क्षति पुरायो र उहाँहरुले भागेर आफ्नो ज्यान जोगाउनु भयो ।

स्थानीयका अनुसार बाटोमा आफ्नो साधन लिएर आफ्नो गन्तव्य सम्म हिड्नेहरुलाई सम्मेत डर हुनेभएको छ । त्यसरी बाटोमै हिडिरहदा मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भएकी अर्कि कोल्हुवा निवासी तुलसी श्रेष्ठले बताउनुभयो । गाउँबस्तीमा गैंडा देखिन थालेपछि स-साना बालबालिका स्कुल जाने विद्यार्थीहरुलाई समेत गाह्रो हुनेभएको छ ।

FB_IMG_1642145895172

गैडाले यस्ता धेरै कृषकहरुले व्यवसायिक रुपमै लगाए अनि साझ विहानको छाक टार्नका लागि लगाएका बालीनाली नष्ट गर्न थालेपछि त्यहाका स्थानीयहरु गैडाले ज्यानै पो लिन्छ कि भनेर रातपरेपछि बाहिर निस्कनै छाडेका छन् ।

निकुञ्जबाट जंगली जनावार बस्तिमा नपसोस भनि लगाएको विद्युतीय तारबार समेत बिग्रेका कारण जंगली जनावर बस्तिमा सजिलै प्रवेश गर्न थालेका छन् । आफूहरुले पटक पटक सम्बन्धित निकायमा क्षतिपुर्ति र नियन्त्रणका लागि जानकारी गराए पनि पहल नगरिएको स्थानीयले गुनासो गरेका छन् ।

कुमारवर्ती गाविस र कावासोती नगरपालिकाको वडा नम्बर १४ र १५ अमलटारी मध्यवर्ती उपभोक्ता समितिले हेर्ने गरेको छ भने कोल्हुवा र नारायणी गाविस नन्द – भाउनु मध्यवर्ति उपभोक्ता समिति, प्रसौनी र नयाँ बेलहानी गोसाईबाबा मध्यवर्ती उपभोक्ता समितिले हेर्ने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जनावारले पुर्‍याएको क्षतिबारे लगत संकलन गरि चितवन राष्ट्रिय निकुञ्जमा क्षतिपूर्तिको लागि पहल गर्ने काम यी समितिले गर्नुपर्ने भएपनि चासो नदिएको पीडितहरुको गुनासो छ ।

गैंडाको आतंकबाट सबैभन्दा बढी मध्यविन्दु वडा नं २ , ३ ,४ र  कावासोती वडा नं १४,१५ का बासिन्दा प्रभावित छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%४%३%

प्रतिक्रिया दिनुहोस