२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

२०७८ भाद्र २०, आईतबार प्रकाशित ( साल अघि) ३९९३ पाठक संख्या

कावासोती । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं: २४ का बिक्रम खत्री नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मध्यान्न १२ वजे पुलको मध्य भागबाट हाम फालेर बेपत्ता भएका खत्रीको हालसम्म अवस्था पत्ता लगाउन सकिएको छैन । प्रहरीले घटना सम्वन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरिरहेको जनाएको छ ।

घटना कसरी भयो किन भयो भन्ने बारेमा केहि जानकारी हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%४%५%४८%२%

प्रतिक्रिया दिनुहोस