२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको बहाव सतर्कता तहनजिक, उच्च सतर्कता अपनाउन आग्रह

२०७९ श्रावण १७, मंगलबार प्रकाशित ( साल अघि) ८०८ पाठक संख्या

नवलपुर , अविरल वर्षापछि नारायणी नदीमा पानीको बहाव आज बिहान सतर्कता तहनजिक पुगेको छ ।

आज बिहान एक सूचना जारी गर्दै  चितवनको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मिटर)नजिक पुगेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

चितवन र नवलपरासीको नदीतटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता  अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस