२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

२०७७ फागुन २१, शुक्रबार प्रकाशित ( साल अघि) ३०७० पाठक संख्या

काठमाडौँ- के तपाई नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि महत्वपूर्ण समाचार छ।

पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए । यस समयमा अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए। सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनला जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिनेछ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस