२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

२०७८ जेष्ठ २३, आईतबार प्रकाशित ( साल अघि) ४७४७ पाठक संख्या

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना गम्भीर घाइते भएका छन् ।

शनिबार बेलुका करिब पौने ८ बजे भरतपुर महानगरपालिका–२९, घुमाउनेमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना५ख ८१५५ नम्बरको (सिमेन्ट लोड) ट्रक र विपरीत दिशाबाट आइरहेको बा४८प ८८३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–१० का विनोद अधिकारीको उपचारको क्रममा साढे ८ बजे भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार भरतपुर–२९, जुगेडीका मनोज थापा क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%५%२३%५%

प्रतिक्रिया दिनुहोस