२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) २२०० पाठक संख्या

चितवन । नारायणगढको पुल्चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंँदा एकको मृत्यु भएको छ भने अर्का घाईते भएका छन ।

स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विष्णु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन ।

नवलपुरको गैडाकोटबाट भरतपुरको चोविसकोठी तर्फ आउँदै गरेको ना ५ ख ५८१६ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३४०४ नम्बरको स्कुटरलाई दिउसो १ः ४५ बजे स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो । चालक न्यौपानेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%

प्रतिक्रिया दिनुहोस