२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : नवलपुरमा दुई खेल हुने, तयारी चल्दै

२०७९ आश्विन २४, सोमबार प्रकाशित ( साल अघि) ६९६ पाठक संख्या

नवलपुर , दयाराम आचार्य  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपुरमा दुई खेल हुने भएका छन् । असोज २८ गते पोखरामा उद्धघाटन समारोह तय गरिएको प्रतियोगिताको दुई खेल नवलपुरमा हुन लागेको हो । कात्तिक ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा समावेश भएका ३६ खेल मध्य नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरमा दुई खेल हुन लागेको हो ।

जिल्लामा कुस्ती र सेपाकताक्रो गरि दुईवटा खेल हुन लागेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो । नवलपुरको सदरमुकाम कावासोतीमा दुवै खेल सञ्चालन हुनेछन् । सेपाकताक्रो खेल प्रतियोगिता कावासोती – २,मा रहेको योङ स्टार क्लबको कबडहलमा हुने छ । असोज २९ गते देखि कात्तिक २ गते सम्म सेपाकताक्रो खेल प्रतियोगिता सञ्चालन हुने छ । सेपाकताक्रो खेल प्रतियोगितामा देशभरबाट ९८ खेलाडी समावेश हुने आयोजकले जनाएको छ ।
यसै गरि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कुस्ती खेल प्रतियोगिता समेत नवलपुरमा सञ्चालन हुँदै छ । कुस्ती खेल प्रतियोगिता कावासोती–१६ , डण्डामा रहेको थारू सङ्ग्रहालय परिसरमा सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष पुनले जानकारी दिनुभयो । कुस्ती खेल प्रतियोगितामा १ सय ५८ जना खेलाडी सहभागि हुने उहाँले जानकारी दिनुभयो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुने मिति नजिकिएसँगै नवलपुरका खेल हुने दुवै स्थान निर्माणको तयारी हाल जारी रहेको छ । सेपाकताक्रो प्रतियोगिता हुने कभर्डहललाई व्यवस्थापन गर्नेका चलिरहेको छ । कभर्डहलभित्र आवश्यक लाइट व्यवस्थापन , रङरोगन देखि का काम चलिरहेको समितका अध्यक्ष पुनले जानकारी दिनुभयो । यसै गरि कुस्ती प्रतियोगिता हुने डण्डाको थारू सङ्ग्रहालयमा खेल मैदान निर्माणको काम समेत चलिरहेको उहाँले बताउनुभयो । खेल मैदान निर्माण सहित खेल हुने क्षेत्रको आसपास सरसफाइ र रङरोगनका कामहरू समेत चलिरहेको अध्यक्ष पुनले बताउनुभयो । ‘खेल हुने मिति नजिकिँदै छ, नवलपुरमा खेल हुने स्थानमा खेल मैदान तयारी देखि आवश्यक तयारी चलिरहेको छ’ अध्यक्ष पुनेले भन्नुभयो ।

सेपाकताक्रो र कुस्ती खेल नवलपुरमा हुने भएपछि यि दुई खेलमा गण्डकी प्रदेशबाट भाग लिने खेलाडीहरूको बन्द प्रशिक्षण समेत अहिले नवलपुरमा चलिरहेको छ । सेपाकताक्रो गण्डकी प्रदेशका कोच जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशबाट भाग लिने खेलाडीहरूको बन्द प्रशिक्षण जारी रहेको छ । कुस्ती खेलमा भाग लिने गण्डकी प्रदेशका खेलाडीहरूको भने जिल्लाकै त्रिवेणीमा बन्द प्रशिक्षण चलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस