२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर-२ मा विष्णुकुमार कार्कीको विजय उत्सव (तस्बिरहरू)

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

कावासोती – नेपाली कांग्रेसबाट नवलपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका विष्णु कुमार कार्कीले विजय उत्सव मनाएका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवारी दिएका उनी बिहीवार आएको मतपरिणाम अनुसार ३६ हजार १ सय ४ मतका साथ विजयी भएका हुन्।

नेतृत्व तहमा युवाहरूको पनि प्रतिनिधित्व रहनुपर्ने बताउँदै युवाहरूको प्रतिनिधित्व गर्दै आएका कार्की फराकिलो मतान्तरका साथ विजयी भए‍का हुन् । युवाहरूको राम्रो साथ पाएका उनी आज विजयी भएसँगै युवाहरूको साथै विजय उत्सव मनाउन निस्किएका हुन् ।

FB_IMG_1669365960513

नवलपुरको क्षेत्र नं २ मा ३१ बर्षको एमालेको लालकिल्ला काँग्रेसका विष्णु कुुमार कार्कीले भत्काएका छन् । कार्कीले दोस्रो प्रयासमा एमालेको विरासत भत्काएका हुन् ।

FB_IMG_1669365956670

एमालेका तिलक महतलाई २ हजार २१ मतान्तरले पछाडी पार्दै संघतर्फको संसदीय यात्रा तय गरेका छन् । २०४८ सालपछि हाल सम्पन्न ७ वटा निर्वाचनमा यहाँ ५ पटक एमाले विजयी भएको थियोे । ०६४ सालमा र यस पटक कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

FB_IMG_1669365966595

Received_665713198359319

Received_516271257187678

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%२%२%

प्रतिक्रिया दिनुहोस