२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिन्डर संकलन

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) १४७७ पाठक संख्या

कावासोती । अक्सिजन अभावमा उपचार प्रभावित भएपछि नवलपुर प्रहरीले ठूला व्यवसायहरुबाट अक्सिजन सिलिन्डर संकलन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले गैंडाकोट , कावासोती, देवचुली र मध्यबिन्दुका व्यवसायीबाट शुक्रबार सिलिन्डर संकलन गरेको हो ।

जिल्ला भित्रका विभिन्न व्यवसाय गर्नेहरुबाट ६७ खाली अक्सिजन सिलिन्डर संकलन गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सन्चालन गरेका व्यवसायी बाट ३३ थान अक्सिजन सहित तथा ३४ थान खाली सिलिन्डर संकलन गरेको संकलन भएका सिलिन्डरहरु जिल्ला प्रहरी कार्यालयको मातहतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

संकलन गरिएका सिलिन्डरहरु जिल्ला भित्र कोरोना संक्रमित बिरामीहरुलाई आवश्यक पर्दा तत्काल स्वास्थ्य संस्थालाई उपलब्ध गराईने पनि गिरीले बताए ।

सिलिन्डरहरु गृल उद्योग , वर्क शप र कवाड पसलबाट संकलन गरिएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस