२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर जिल्लामा कोरोना सङ्क्रमित थपिँदै , जिल्ला भित्र १६२ सक्रिय संक्रमित

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) १३०९ पाठक संख्या
प्रिय धन

भदौ,१९ कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमित को संख्या बढ्दै गएको छ । शुक्रबार बिहान सम्ममा ५२० जना संक्रमित भएकोमा मध्यान्ह को रिपोर्टमा भने ५३० पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर का प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभएको छ ।
पछिल्लो पटक स्वास्थ्य निर्देशनालय पोखरामा गरिएको परीक्षणको नतिजा आएपश्चात सङ्क्रमितको सङ्ख्या ५३० पुगेको हो ।
कावासोती नगरपालिका का ९ जना र गैंडाकोट नगरपालिका का १ जना गरी थप १० जनामा कोरोना पोजिटिभ भएसँगै
जिल्लामा अहिले १६२ जना सक्रिय संक्रमित रहेका छन् ।
उनीहरु मध्ये १९ जनालाई निल्ला बाहिर र १४३ जनालाई जिल्ला भित्रका मध्यविन्दु जिल्ला अस्पताल डण्डा र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रहजर मा राखिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र गैंडाकोट नगरपालिकामा १/१ जना गरी २ जना कोरोना संक्रमित को मृत्यु भएको छ भने ३६६ जना निको भएर घर फर्किसकेका छन् ।
शुक्रबार सम्ममा नवलपुर जिल्लामा सङ्कलित नमूना मध्ये हुप्सेकोट गाउँपालिका को ६ वटा , मध्यविन्दु नगरपालिका को ९२ ओटा र अन्यपालिका सहित केही नमूना श्वाबको नतिजा आउन बाकी छ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस