२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेस जिल्ला सभापतिमा रानाको उम्मेदवारी घोषणा

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ४४७८ पाठक संख्या

चोरमारा । नवलपुर जिल्लामा नेपाली काँग्रेसको पार्टी सभापति पदमा चन्द्र बहादुर रानाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रानाले आगामी १४ औं महाधिवेशनको नयाँ मिति नजिकिँदै गर्दा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन ।

२०३२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजानितिमा प्रवेश गरेका थिए । ०४२ सालमा पार्टीको क्रियाशिल सदस्यता हासिल गरेका राना आफु सभापतिमा सक्षम रहेको बताए ।

रानाले नेपाली कांग्रेस पार्टीको जिल्ला सह-सचिव, ९औं महाधिवेशनमा महा-समीती सदस्य , १०औं महाधिवेशनमा महा-समीती सदस्य , केन्दीय समन्वय बिभाग सदस्य, ११औं महाधिवेशनमा महा-समीती सदस्य र नवलपरासी जिल्ला समितिको दुई पल्ट सदस्यका रुपमा काम गरिसेका छन् ।

उनले आन्दोलनको समयमा कांग्रेस क्षेत्र न ३ को कुशल नेतृत्व गरे । ०४६ सालको आन्दोलन ०६२/६३ सालको आन्दोलनमा आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका खेलेका राना आगामी अधिवेशनमा सबैसँग सहमति गरेर अगाडि बढ्ने पनि बताएका छन् ।

नेपाली काँग्रेसको पार्टी संगठनलाई बलियो बनाउने र तीन तहका आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई रहेको छ ।

गत निर्वाचनमा मध्यविन्दु नगरपालिकाको मेयर पदको चुनाव जितेका राना नेपाली काँग्रेसको महासमिति सदस्य समेत रहेका छन्। पार्टीलाई स्थानीय तहबाटै सांगठनिक हिसाबले बलियो बनाउनु पर्नेमा रानाको ठहर छ ।

महामान बीपी कोइरालाका प्रतिपादन गरेको विचारलाई स्थापित गर्न र नेपाली कांग्रेसको संगठनलाई सुदृढ एवं संस्थागत गर्ने अठोटका साथ सभापतिमा उम्मदेवारी दिने घोषणा गर्दै गर्दा सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखेको र सहयोग पाउनेमा विश्वस्त रहेको नवलपुर न्युजसँग बताए । राना करिब चार दशकदेखी कांग्रेसको राजनितिमा निरन्तर सक्रिय छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२४%२५%४%२%२%५%

प्रतिक्रिया दिनुहोस