२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर कांग्रेसको वडा समितिलाई परिपत्र , वडाध्यक्षमा उठ्न क्रियाशिल सदस्यता ५ वर्ष

२०७८ चैत्र २१, सोमबार प्रकाशित ( साल अघि) २४४८ पाठक संख्या

कावासोती  । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुर्व प्रधानमन्त्री देखि संघिय सरकारका पुर्व मन्त्री, संघिय सांसद, प्रदेश सरकारका बहालवाला मन्त्री तथा प्रदेश सांसदले उम्मदवारी दिने चर्चा चलिरहदा नवलपुर कांग्रेसले भने मातहतका समितिहरुलाई माथिल्लो पदमा काम गरेका र राजनीतिक नियुक्ति पाएकालाई उम्मेदवार सिफारिस नर्गन निर्देशन सहितको १४ बुंदे परिपत्र पठाएको छ ।

कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीद्वारा हस्ताक्षरित परिपत्रको ७ नं बुदाँमा भनिएको छ, ʺमाथिल्लो पदमा रहेर काम गरेका, राजनीतिक नियुक्ति पाएका हरुको हकमा तल्लो तहमा सिफारीस नगर्ने । सिफारिस गर्दा समावेशितालाई ध्यान दिने ।ʺयस्तै कांगेसले वडा सदस्यका लागी क्रियाशिल सदस्य लिएका, वडा अध्यक्ष लागी क्रियाशिल सदस्यता लिएको  ५ वर्ष, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको हकमा क्रियाशिल सदस्यता लिएको १० वर्ष पुगेकालाई मात्रै सिफारिस गर्न परिपत्र गरेको छ ।

यस्तै कांगेसले मातहतका समितिलाई पठाएको परिपत्रमा पार्टीको विधान बमोजिम स्वच्छ छवि भएका, क्रियाशिलता, पार्टीमा गरेको योगदान, विकासप्रेमी, सामाजीक दायीत्व निर्वाहा गर्न सक्ने लगाएतका आधारहरु तय गरेर सिफारिस गर्न उल्लेख गरिएको छ ।

कांग्रसले वडा कार्य समितिले २३ गते भित्र पालिकामा, पालिकाले २५ गते भित्र प्रदेश सभा कार्यसमितिमा, प्रदेश सभा कार्यसमितिले २७ गते भित्र प्रतिनिधी सभा क्षेत्रीय समितिलाई उम्मेदवार को नाम सिफारीस गर्न निर्देशन दिएको छ । जिल्ला कार्यसमितिले पठाएको परिपत्रमा प्रतिनिधी सभा क्षेत्रीय समितिमा नाम आए पछि विधान बमोजिम संसदीय समिति गठन गरेर वडा तहको उम्मेदवारको आवश्यक निर्णय गर्ने तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवारको सिफारिस चैत्र ३० भित्र जिल्ला कार्यसमितिमा पठाउनु पर्ने उल्लेख गरिएको छ ।

विषय :- उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा

. उम्मेदवार तय गदा पार्टीमा स्वच्छ छवि भएका, क्रियाशीलता, पाटीमा योगदान गरेको, बिकासप्रेमी, सामाजिक दायित्व निर्वाह गर्न सक्ने जाधार तय गर्ने ।

. वडाध्यक्ष र सदस्यमा विधानमा भए वमोजिम सिफारीस गर्ने ।

. गाउँपालिका तहमा अध्यक्ष र उपाध्यक्षको हकमा विधानमा व्यवस्था भए बमोजिम हुने गरि सकेसम्म कम नाम सिफारिस गर्ने ।

. नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्दा विधानमा भए बमोजिम सकेसम्म कम नाम सिफारिस गर्ने ।

. यसरी सिफारिस गर्दा पार्टीको क्रियाशिलता ,योगदान , बिकासप्रेमी , निस्वार्थभाबले प्रेरित र पुराना साथीहरुको
सम्मान गर्दै सम्भावना बोकेका साथीहरुलाई अवसर दिने गरि सिफारिस गर्ने ।

. नयाँ अबसरको लागि पहिलो प्राथमिकता र पार्टीमा अबसर सबैले पाउनुपर्दछ भन्ने मान्यतालाई भरपुर उपयोग गरेर सिफारिस गर्ने ।

. माथिल्लो पदमा रहेर काम गरेका राजनीतिक नियुक्ती पाएकाहरुको हकमा तल्लो तहमा सिफारिस नगर्ने, सिफारिस गदां समाबेशीतालाई ध्यान दिने ।

. शैक्षिक योग्यता ,नैतिकवान चरित्रवान लोकप्रयि सहनशील ,समावेशिता र भुगोलका आधारमा उम्मेदवार सिफारिस गर्ने ।

. उम्मेदवारको प्रस्ताब गर्दा कुनै पालिका, दुई प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा सधीय क्षेत्रीय मा परेको अवस्थामा दुबै को संयुक्त बैठक बसि निर्णय पेश गर्ने ।

१०. प्रस्तावति उम्मेदवारको नामावली गाउँ र नगर वडा कार्यसमितिले २०७८ चैत्र २३ गते भित्र सम्बन्धीत पालिकामा र पालिकाले सो नामावली २०७८ चैत्र २५ गते भित्र सम्बन्धीत प्रदेशसभा कार्यसमितिमा र प्रदेश सभा कार्यसमितिले २०७८ चैत्र २७ गते भित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले विधान अनुसार संसदीय समिति गठन गर्ने र वडा तहको उम्मेदवारको नाममा
जावश्यक निर्णय गर्ने । सो बैठकमा जिल्ला सभापतिलाई अनिवार्य रूपमा आमन्त्रण गर्ने ।

११. प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले गाउँपालिका र नगरपालिकाका अध्यक्ष , उपाध्यक्ष प्रमुख र उपप्रमुखहरुको
हकमा विधान बमोजिम हुने गरि उम्मेदवारहरूको नाम २०७८ चैत्र ३० गते भित्र जिल्ला कार्यसमितिमा अनिवार्य पठाउने ।

१२ . वडा, गाउँ पालिकारनगरपालिका कार्यसमिति र प्रदेशसभा कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले
अनिवार्य बैठकको निर्णय सहित सिफारिस गर्ने ।

१३ . उम्मेदवार तय गर्दा वडाध्यक्षका तानि क्रियाशील सदस्यता लिएको पाँच वर्ष,सदस्यको हकमा क्रियाशील लिएको हुनुपर्ने गरि प्राथमिकतामा रात्री सिफारिस गर्ने ।बगर र गाउँपालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको हकमा दश बर्ष क्रियाशील सदस्य लिएको हुनुपर्ने र सोही अनुसार सिफारिस गर्ने ।

१४ . अन्य पार्टीबाट नेपाली काँग्रेसमा समायोजन भै जाएकाहरुको हकमा सोही अनुसार गणना हुने गरि सिफारिस गर्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस